Isaiah 60:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काटमारको आवाज अब सुनिनेछैन, विनाशले तेरा देशलाई फेरि चकनाचुर पार्नेछैन। पर्खालले झैँ म तेरो रक्षा र बचाउ गर्नेछु, तैँले मेरो प्रशंसा गर्नेछस् किनभने मैले तँलाई उद्धार गरेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो देशमा फेरि कहिल्‍यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्‍नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरो देशमा फेरि हिंसा सुनिनेछैन, न त तेरा सिमानाहरूमा विध्वंश र सर्वनाश सुनिनेछ, तर तैँले आफ्ना पर्खालहरूलाई मुक्ति भन्‍नेछस् र तेरा मूलढोकाहरूलाई प्रशंसा नाम राख्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
“त्यहाँ तिम्रो देशमा फेरि कहिल्यै अत्याचारको खबरहरू आउने छैनन्। मानिसहरूले फेरि कहिल्यै तिम्रो देशमा आक्रमण र चोरी गर्ने छैनन्। तिमीले आफ्नो भित्ताहरूको नाउँ ‘मुक्ति’ भनेर लेख्नेछौ। तिमीले आफ्नो प्रवेशद्वारको नाउँ ‘स्तुति’ राख्नेछौ।