Isaiah 60:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्‍वी र अरू जातिहरूलाई अन्‍धकारले ढाक्‍नेछ, तर तँमाथि परमप्रभुको ज्‍योति चम्‍कनेछ, उहाँको उपस्‍थितिको गौरव तँसित रहनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्, अँध्‍यारोले पृथ्‍वीलाई, र घोर अँध्‍यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्‍कनुहुन्‍छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, र मानिसहरूमाथि बाक्लो अन्धकार छ, तर याहवेह तँमाथि उदाउनुहुनेछ; अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
अब अन्धकारले पृथ्वी ढाक्छ अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ।