Isaiah 60:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिद्यान र एपाबाट ऊँटका लामा-लामा ताँतीहरू आउनेछन्, तिनीहरूले शेबाबाट सुन र धूप लिएर आउनेछन्। परमेश्‍वरले गर्नुभएका कार्यहरूको खुसीको खबर मानिसहरूले सुनाउनेछन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ऊँटहरूका बथान, मिद्यान र एपाका साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाट सबै मानिसहरू याहवेहको प्रशंसाको घोषणा गर्दै सुन र धूप बोकेर आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्।