Isaiah 60:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती टाढा देशबाट आउने जहाजहरू हुन्, परमेश्वरका प्रजालाई लिएर ती आउँछन्। साथै सुन र चाँदी लिएर ती आउँछन्। इस्राएलका पवित्र परमेश्वर परमप्रभुको नामको आदर गर्न उहाँले आफ्ना प्रजालाई गौरवले सम्मानित गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
निश्चय नै टापूहरूले मलाई हेर्छन्। अगिअगिचाहिँ तर्शीशका व्यापारी जहाजहरू छन्। परमप्रभु तेरा परमेश्वरको निम्ति, अर्थात् इस्राएलका परमपवित्रका सम्मानको निम्ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढ़ा-टाढ़ाबाट ल्याउँछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
निश्चय नै टापुहरूले मलाई हेर्नेछन्; टाढाबाट तेरा बालबच्चाहरूलाई ल्याउँछन्, तिनीहरूका सुन र चाँदी लिएका तर्शीशका जहाजहरू अगि-अगि छन्; ती सबै याहवेह तेरा परमेश्वर, इस्राएलका पवित्र परमेश्वरलाई सम्मान दिनका निम्ति हो; किनकि उहाँले तँलाई गौरवले सम्मानित तुल्याउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
टाढामा भएका देशहरूले मलाई पर्खिरहेछ। समान बोक्ने जहाजहरू समुद्रमा जान तयार छन्। ती जहाजहरू टाढामा भएका तिमीहरूका नानीहरू ल्याउनलाई तयार छन्। तिनीहरूले परमप्रभु तिम्रा परमेश्वरलाई जो इस्राएलका परमपवित्र हुनुहुन्छ श्रद्धा प्रकट गर्न सुन र चाँदी बोकेर ल्याउनेछन्। परमप्रभुले तिमीहरूका लागि अचम्मका कामहरू गर्नुहुनेछ।