Isaiah 61:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी बिउ टुसाउँछ र बढ्छ, ठीक त्‍यसरी नै सार्वभौम परमप्रभुले आफ्‍ना प्रजालाई बचाउनुहुनेछ र सबै जातिहरूको प्रशंसा गर्नेछन्। उहाँले बचाउनुभएका मानिसहरूलाई आफ्‍नो साथमा ल्‍याउँदै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जसरी भूमिले आफ्‍नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्‍यसरी नै परमप्रभु परमेश्‍वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्‍ने उत्‍पत्ति गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी माटोले टुसालाई उम्रन दिन्छ, र बगैँचाले बिउलाई बढ्न दिन्छ, त्यसरी नै प्रभु याहवेहले धार्मिकता र प्रशंसालाई सबै जातिहरूका बीच बढाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वीले नै बिरूवा उर्माछ। मानिसहरूले त्यसको बीऊ बगैंचामा रोप्दछन्, अनि बगैंचाले त्यसलाई उमार्छ फलाउँछ। त्यसरी नै परमप्रभुले धार्मिकता उमार्नु हुन्छ। परमप्रभुले प्रत्येक जातिबाट महिमा लानुहुन्छ।”