Isaiah 61:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू परमप्रभुका पूजाहारीहरू र परमेश्वरका सेवकहरू हौ भनी मानिसहरूले चिन्नेछन्। जाति-जातिका धन-सम्पत्तिको आनन्द तिमीहरूले लिनेछौ र ती पाएर गर्व गर्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू याहवेहका पुजारीहरू भनिनेछौ; तिमीहरूलाई हाम्रा परमेश्वरका सेवकहरूको नाम दिइनेछ। तिमीहरूले जाति-जातिहरूका सम्पत्ति खानेछौ; अनि तिनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूलाई ‘परमप्रभुका पूजाहारीहरू’ र ‘हाम्रा परमेश्वरको सेवकहरू’ भनेर बोलाइनेछौ। तिमीहरूले सारा पृथ्वीका जातिहरूबाट ल्याइएका धन-सम्पत्ति पाउनेछौ। अनि तिमीहरू त्यो पाएर र्गवित हुनेछौ।