Isaiah 61:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूका लाज र अपमानको अन्त भयो। तिमीहरू आफ्ना देशमा बास गर्नेछौ, तिमीहरूको धन-सम्पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्द अन्त हुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्ना उत्तराधिकारमा रमाउनेछन्। यसैकारण तिनीहरू आफ्नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्तको आनन्द तिनीहरूका निम्ति हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका शर्मको सट्टामा तिमीहरूले दोबर भाग पाउनेछौ; अनि तिमीहरूले अपमानको सट्टामा तिमीहरूका उत्तराधिकारमा आनन्द मनाउनेछौ; यसरी तिमीहरूले आफ्ना देशमा दोबर भाग अधिकार गर्नेछौ, र सदाको निम्ति आनन्दित हुनेछौ।
Nepali ERV (पवित्र बाइबल)
“बितेका दिनहरूमा ती मानिसहरूले तिमीहरूलाई लज्जित पारे र सबै तिमीहरूको विरूद्ध नराम्रा कुराहरू गरे। तिमीहरू अन्य मानिसहरू भन्दा बढता लज्जित भयौ। यसैले तिमीहरूको देशमा तिमीहरूले अरूहरू भन्दा दुइगुणा बढी पाउनेछौ। तिमीहरूले मनाउनेछौ जुन अनन्तसम्म रहनेछ।