Isaiah 61:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “म न्‍यायलाई प्रेम गर्दछु, अत्‍याचार र अपराधलाई घृणा गर्दछु। विश्‍वासयोग्‍य भई म आफ्‍नो प्रजालाई इनाम दिनेछु र तिनीहरूसित एउटा सनातनको करार बाँध्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“किनभने म, परमप्रभुचाहिँ, न्‍यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्‍छ। म आफ्‍नो विश्‍वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्‍नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किनकि म याहवेहले न्यायलाई प्रेम गर्छु; डकैती र अधर्मलाई घृणा गर्छु। म मेरो विश्‍वासयोग्यतामा मेरा प्रजालाई प्रतिफल दिनेछु, र तिनीहरूसँग सदाको करार बाँध्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यो खुशी किन यस्तो हुनेछ? किनभने म परमप्रभु हुँ र निष्पक्षता मन पराउछु। म चोरी र अरू सबै कुराहरूलाई घृणा गर्दछु जुन गल्ती हुन्छ। यसैले म मानिसहरूलाई उनीहरूको कर्मको ज्याला दिनेछु। म मेरा मानिसहरूसँग अनन्तको लागि करार गर्नेछु।