Isaiah 62:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म यरूशलेमलाई उत्‍साह दिन बोल्‍नेछु। त्‍यसको उद्धार नभएसम्‍म म चुप लागेर बस्‍नेछैनँ अनि त्‍यसको न्‍याय रातको राँकोझैँ चम्‍कन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सियोनको खातिर म चूप लाग्‍नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्‍नेछैनँ, जबसम्‍म त्‍यसको धार्मिकता उषाको उज्‍यालोजस्‍तै र त्‍यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यरूशलेमको धार्मिकता प्रभातझैँ नचम्केसम्म, त्यसको मुक्ति राँकोझैँ चहकिलो नबलेसम्म, म सियोनको खातिर चुप रहनेछैनँ; म यरूशलेमको खातिर मौन रहनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
“म सियोनलाई प्रेम गर्छु, यसैले म उसँग लगातार कुरा गर्ने गर्छु। म यरूशलेमलाई प्रेम गर्छु। यसैले म कुरा गर्नु रोकिने छैन्। जब सम्म धार्मिकता उज्यालो बत्ती झैं चम्कदैन तब सम्म म कुरामार्नेछु। जब सम्म मुक्ति उज्यालो ज्योति जस्तै बल्दैन म बात मार्नेछु।