Isaiah 62:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले सारा पृथ्वीलाई यसो भन्दै हुनुहुन्छ, “यरूशलेमका मानिसहरूलाई भन कि परमप्रभु तिमीहरूलाई बचाउनलाई आउँदै हुनुहुन्छ।” उहाँले छुटाउनुभएका मानिसहरूलाई आफ्नो साथमा लिएर आउँदै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले पृथ्वीको पल्लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले पृथ्वीको पल्लो छेउसम्म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउनुहुन्छ! हेर्, उहाँको पुरस्कार उहाँसित छ, र उहाँको प्रतिफल उहाँको साथमा नै छ।’ ”
Nepali ERV (पवित्र बाइबल)
सुन, परमप्रभु टाढा देशहरूमा बस्नेहरूसँग बोली रहनु भएकोछन “सियोनका मानिसहरूलाई बताऊ हेर, तिमीहरूका मुक्तिदाता आउँदै हुनहुन्छ। उहाँले तिमीहरूको लागि पुरस्कार ल्याई रहनु भएकोछ उहाँले त्यो इनाम आफैसँग लिएर आउउनु हुँदैछ।”