Isaiah 62:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू “परमेश्वरका पवित्र जन” र “परमप्रभुले बचाउनुभएको जाति” कहलाउनेछौ। यरूशलेम “परमेश्वरले प्रेम गर्नुभएको सहर” र “परमेश्वरले नत्याग्नुभएको सहर” कहलाइनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पवित्र जाति कहलाइनेछन्— परमप्रभुद्वारा छुटकारा पाएकाहरू। तँचाहिँ “खोजेर भेट्टाइएको” र “नत्यागिएको सहर” कहलाइनेछस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पवित्र जाति, याहवेहबाट छुटकारा पाएकाहरू भनिनेछन्; तिमीहरूलाई अब उसो परमेश्वरले खोज्नुभएको सहर, नत्यागिएको सहर भनिनेछ।
Nepali ERV (पवित्र बाइबल)
उहाँका मानिसहरूलाई यसरी डाकिने छ “पवित्र मानिसहरू,” “परमप्रभुका सुरक्षित मानिसहरू।” अनि यरूशलेमलाई भनिने छ “परमेश्वरले चाहनु भएको शहर,” “परमेश्वरसँगै भएको शहर।”