Isaiah 62:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब तँलाई “त्‍यागिएकी” भनिनेछैनन् अथवा तेरो देश ‘छोडिएकी स्‍वास्‍नी’ कहलाउनेछैन। तेरो नयाँ नाम ‘परमेश्‍वर त्‍योसित खुसी हुनुहुन्‍छ,’ र तेरो देश ‘खुसीसाथ विवाह गरिएकी’ कहलाइनेछ किनभने परमप्रभु तँसित प्रसन्‍न हुनुहुन्‍छ र तेरो देशको निम्‍ति स्‍वामी बराबर हुनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ फेरि कहिल्‍यै ‘त्‍यागिएकी’ भनिनेछैनस्‌। तेरो देश फेरि कहिल्‍यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्‍सीबा’ भनिनेछस्, र तेरो देश ‘ब्‍युलाह’ भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब उसो तिनीहरूले तँलाई त्यागिएकी भन्‍नेछैनन्, न त तेरो देशलाई उजाड भन्‍नेछन्। तर तँलाई हेप्सीबा, र तेरो देशलाई ब्युलाह भनिनेछ; किनकि याहवेह तँसित प्रसन्‍न हुनुहुनेछ, र तेरो देशलाई विवाह गरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई ‘परमेश्वरले’ त्यागेका मानिसहरू फेरि कहिल्यै भनिने छैन।’ तिमीहरूका देशलाई फेरि कहल्यै यसो भन्ने छैन, ‘परमेश्वरले नाश गर्नु भएको देश।’ तिमीहरू डाकिनेछौ परमेश्वरले प्रेम गर्नु भएका मानिसहरू भनी।’ तिमीहरूको देशलाई, ‘परमेश्वरको बेहुला।’ भनिने छ। किन? किनभने परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ अनि तिमीहरूको देश उहाँकै सम्पत्ति हो।