Isaiah 62:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ए यरूशलेम, तेरा पर्खालहरूमा मैले पहरादारहरू खटाएको छु, रात-दिन तिनीहरू चुपचाप बस्न पाउनेछैनन्। तिनीहरूले परमप्रभुलाई उहाँको प्रतिज्ञाको याद दिलाउनेछ, उहाँलाई कहिल्यै ती बिर्सन दिनुहुनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तेरा पर्खालहरूमा पहरा बस्नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्नेछन्। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे यरूशलेम, मैले तेरा पर्खालहरूमाथि पहरेदारहरू खटाएको छु; तिनीहरू दिनरात कहिल्यै चुपचाप बस्न पाउनेछैनन्। हे याहवेहलाई पुकार्नेहरू हो, आफूलाई विश्राम नदेओ;
Nepali ERV (पवित्र बाइबल)
“यरूशलेम, म तिम्रा पर्खालहरूमाथि रक्षकहरू खटाउनेछु। ती रक्षकहरू चुप लागेर बस्ने छैनन्। तिनीहरू रात दिन प्रार्थना गरिरहनेछन्।” रक्षकहरू! तिमीहरूले परमप्रभुलाई प्रार्थना अवश्य गर्नुपर्छ। तिमीहरूले उहाँलाई आफ्ना वचनहरूको सम्झना गराउनु पर्छ। कहिल्यै प्रार्थना गर्न नचुक।