Isaiah 62:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले एउटा गम्भीर प्रतिज्ञा गर्नुभएको छ र आफ्नो शक्तिले त्यो पूरा गर्नुहुनेछ, “तेरा अन्न अब उसो म तेरा शत्रुलाई दिनेछैनँ र विदेशीहरूले तेरा दाखमद्य पिउन पाउनेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले आफ्नो दाहिने हात र आफ्नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्ति तैंले परिश्रम गरेको थिइस्, त्यो विदेशीले कहिल्यै खान पाउनेछैनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले आफ्नो दाहिने हात र आफ्ना शक्तिशाली बाहुलीको शपथ लिनुभएको छ: “म फेरि कहिल्यै तेरो अन्न तेरा शत्रुहरूलाई भोजनको निम्ति दिनेछैनँ; अनि नयाँ दाखमद्य, जसको निम्ति तैँले परिश्रम गरेको थिइस्, त्यो विदेशीहरूले कहिल्यै पिउन पाउनेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले शपथ ग्रहण गर्नुभयो। उहाँले प्रमाण स्वरूप आफ्नै शक्ति चलाउनु भयो अनि परमप्रभुले त्यो आफ्नो शक्ति त्यही वचनहरू कायम राख्न चलाउनु हुनेछ। परमप्रभुले भन्नुभयो, “म किरीया खाँन्छु कि अब कहिल्यै तिमीहरूका खाद्यान्न तिमीहरूका शत्रुहरूलाई दिइने छैन। म वचन दिँदछु कि तिमीहरूले बनाएका दाखरस तिम्रा शत्रुहरूले लैजाने छैनन्।