Isaiah 63:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जसरी गाई-गोरुलाई मैदानमा लैजान्छन्, त्यसरी नै परमप्रभुले आफ्ना प्रजालाई विश्राम दिनुभयो। उहाँले आफ्ना प्रजाको अगुवाइ गर्नुभयो र आफ्ना नाम सम्मानित पार्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी गाईबस्तुहरू बेँसीमा चर्छन्, त्यसरी नै परमप्रभुको आत्माले तिनीहरूलाई विश्राम दिनुभयो। यसरी नै तपाईंले आफ्नो नाउँ महिमित पार्न आफ्ना प्रजालाई डोर्याउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तल मैदानमा जाने गाईबस्तुलाईझैँ याहवेहको आत्माद्वारा तिनीहरूलाई विश्राम दिइयो। तपाईंले आफ्नो नाम महिमित राख्न आफ्ना प्रजालाई यसरी डोर्याउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
एउटा गाई खेतमा हिँडदा सजिलै लड्दैन। यस्तै प्रकारले समुद्रमा हिँड्दा मानिसहरू लडेनन्। परमप्रभुको आत्माले मानिसहरूलाई विश्रामको ठाउँमा लादैं थियो। सब समय मानिसहरू सुरक्षित थिए। परमप्रभु, त्यही नै बाटो हो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो तपाईंले मानिसहरूलाई डोर्याउनु भयो अनि तपाईंको प्रशंसायोग्य नाउँ महिमीत पार्नुभयो।