Isaiah 63:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे परमप्रभु, स्‍वर्गबाट हामीलाई हेर्नुहोस्, जहाँ तपाईं आफ्‍नो पवित्रता र महिमामा विराजमान् हुनुहुन्‍छ। हाम्रो निम्‍ति तपाईंको त्‍यो ठूलो वास्‍ता कहाँ गयो? तपाईंको शक्ति खोइ? तपाईंका प्रेम र करुणा कता गए? हामीलाई नदेखेझैँ नगर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गबाट हेर्नुहोस्, र आफ्‍नो उच्‍च र पवित्र र महिमित सिंहासनबाट तल दृष्‍टि गर्नुहोस्‌। तपाईंको जोश र शक्ति कहाँ गए? तपाईंको नम्रता र करुणा हामीबाट खोसिएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गबाट तल हेर्नुहोस्, तपाईंको उच्‍च, पवित्र र महिमित सिंहासनबाट दृष्‍टि गर्नुहोस्। तपाईंको जोश र तपाईंको सामर्थ्य कहाँ छन्? तपाईंको करुणा र दया हामीबाट रोकिएका छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु, र्स्वगबाट तल र्हुर्नुहोस्। ती कुराहरू अब घटिरहेको देख्नुहुन्छ। तपाईंको महान र पवित्र स्वर्गको घरबाट तल हामीतिर हेर्नुहोस। तपाईंको प्रगाढ प्रेम हाम्रो लागि काहँ छ? तपाईंको भित्री आत्माबाट आउने प्रवल शक्ति कहाँ छ? तपाईंको दया म प्रति छ? किन मबाट तपाईंको आफ्नो करूणामय प्रेम लुकाउनु हुन्छ?