Isaiah 63:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं हाम्रा बुबा हुनुहुन्छ। हाम्रा पुर्खा अब्राहामले हामीलाई चिन्दैनन् र याकूबले हामीलाई स्वीकार गर्दैनन् तर हे परमप्रभु, तपाईं हाम्रा बुबा, सधैँ हाम्रो उद्धार गर्नुहुने पिता हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तपाईं त हाम्रा पिता हुनुहुन्छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई स्वीकार नगरे तापनि, तपाईं, हे परमप्रभु, हाम्रा पिता हुनुहुन्छ। तपाईंको नाउँ तादिदेखि नै हाम्रा उद्धारक हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब्राहामले हामीलाई नचिने तापनि अथवा इस्राएलले हामीलाई स्वीकार नगरे तापनि तपाईंचाहिँ हाम्रा पिता हुनुहुन्छ; तपाईं, याहवेह नै हाम्रा पिता हुनुहुन्छ, प्राचीनकालदेखि नै तपाईंको नाम हाम्रा उद्धारकर्ता हो।
Nepali ERV (पवित्र बाइबल)
हेर्नुहोस! तपाईं हाम्रा पिता हुनुहुन्छ! अब्राहामले हामीलाई जान्दैनन्। याकूबले हामीलाई चिन्दैन। हे परमप्रभु तपाईं हाम्रा पिता हुनुहुन्छ। तपाईं मात्र हुनुहुन्छ जसले हामीलाई सधैं बचाउनु हुन्छ।