Isaiah 63:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले जवाफ दिनुहुन्छ, “जाति-जातिलाई मैले दाखझैँ पैतलाले दलें र कोही मलाई मद्दत गर्नै आएन। रिसमा मैले तिनीहरूलाई कुल्चें र तिनीहरूका रगतका दाग मेरा वस्त्रभरि लागेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले एकलै दाख-कुण्ड पेलें, जातिहरूमध्ये कोही पनि मसित थिएन। मैले रीसमा तिनीहरूलाई पेलें, र मेरो क्रोधमा तिनीहरूलाई कुल्चें। तिनीहरूको जीवन-रक्त मेरो पोशाकमा छ्यापियो, र मेरो सबै वस्त्र रगतै-रगत भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म एकलैले दाखको कोल पेलेको छु; मसित जातिहरूबाट कोही पनि थिएन। मैले आफ्नो रिसमा तिनीहरूलाई कुल्चेँ र आफ्नो क्रोधमा तिनीहरूलाई पेलेँ; तिनीहरूको रगतका छिटा मेरा वस्त्रहरूमा परेका छन्, र मेरा वस्त्रभरि दाग लागेका छन्।
Nepali ERV (पवित्र बाइबल)
उसले जवाफ दिन्छ, “मैले आफै अङ्गुरहरू कुल्चिए हिडदा पिस्दैछु। मलाई कसैले पनि सधाएन्। म रिसाएको थिएँ यसैले अङ्गुरहरूमाथि कुल्चिँदै हिडें। मेरो लुगामा अङ्गुरको रसको छिटाहरू उछिटिए पर्यो। यसैले मेरा लुगाहरू मैला भयो।