Isaiah 63:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब मैले हेरें र मलाई सहायता गर्न आउने कसैलाई देखिनँ, तब मलाई अचम्म लाग्यो। तर मेरो रिसले मलाई बलवान् बनायो र म आफैंले मेरा मानिसहरूको उद्धार गरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले हेरें, तर सहायता गर्ने कोही पनि थिएन। सहारा दिने कोही पनि नदेखेर म छक्क परें, यसैले मेरो आफ्नै बाहुबलले मेरो उद्धार गर्यो, र मेरो क्रोधले मलाई सम्हाल्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मैले हेरेँ, तर सहायता गर्ने कोही पनि थिएन; सहयोग गर्ने कोही पनि नदेखेर म छक्क परेँ; यसैले मेरो आफ्नै बाहुबलले उद्धार गरेँ, र मेरो आफ्नो क्रोधले मलाई सम्हाल्यो।
Nepali ERV (पवित्र बाइबल)
“मैले चारै तिर हेरें, तर कुनै मानिस पनि सघाउने देखिएन। मलाई कसैले नसघाएको देखेर छक्क परें। यसकारण मैले आफ्ना मानिसहरूलाई रक्षा गर्न आफ्नै शक्ति प्रयोग गरें। मरो आफ्नै क्रोधले मलाई प्रेरणा दियो।”