Isaiah 64:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंजस्तो परमेश्वरलाई कसैले कहिल्यै देखेका वा सुनेका छैनन्। तपाईंले आफूमाथि आशा राख्नेहरूका निम्ति कस्ता-कस्ता कामहरू गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको बाटो हेर्नेहरूका निम्ति काम गर्नुहुने तपाईंबाहेक अरू कोही परमेश्वर छ भनी कसैले प्राचीनकालदेखि नै कहिल्यै सुनेको छैन, न त कानले सुनेको छ, न आँखाले देखेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्राचीनकालदेखि नै तपाईंबाहेक अर्को परमेश्वरको बारेमा कसैले सुनेका छैनन्; कुनै कानले सुनेको छैन, कुनै आँखाले देखेको छैन; तपाईंले आफूमाथि प्रतीक्षा गर्नेहरूको निम्ति काम गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तपाईंका मानिसहरूले साँच्चि नै तपाईंको कुरा कहिल्यै सुनेन्। तपाईंले बताएका कुराहरूमा कहिल्यै ध्यान दिएर सुनेन्। कसैले पनि तपाईं जस्तो परमेश्वर देखेका छैनन्। तपाईं बाहेक त्यहाँ त्यस्तो परमेश्वर हुनु हुन्न्। यदि मानिसहरूमा धैर्य भए अनि तपाईंको सहयोग पर्खेको भए, तिनीहरूका लागि तपाईंले महान कुराहरू गरिदिनुहुने थियो।