Isaiah 64:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कोही प्रार्थना गर्न तपाईंतिर फर्कंदैनन्। कोही मद्दतको लागि तपाईंकहाँ जाँदैनन्। हाम्रा पापले गर्दा तपाईं हामीदेखि लुक्नुभएको छ र हामीलाई त्याग्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंको नाउँ लिने कोही पनि छैन, तपाईंलाई समात्न कसैले प्रयत्न गर्दैन, किनकि तपाईंले आफ्नो मुख हामीदेखि लुकाउनुभएको छ, र हाम्रा पापले गर्दा बेकम्मा पार्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले पनि तपाईंको नाम पुकार्दैनन्, न त तपाईंलाई पक्रिरहने उत्कट प्रयास गर्छन्; किनकि तपाईंले हामीबाट आफ्नो अनुहार लुकाउनुभएको छ, र हामीलाई हाम्रा पापहरूकै हातमा छोडिदिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
हामी तपाईंलाई पूज्दैनौं। हामी तपाईंको नाउँमा विश्वास गर्दैनौं। हामी तपाईंलाई अनुसरण गर्न उत्साहित हुँदैनौं। यसकारण तपाईं हामीदेखि टाढा हुनु भएकोछ। हामी तपाईं समक्ष असहाय छौं, किनभने हामी पापै पापले भरिपूर्ण छौं।