Isaiah 64:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमप्रभु, तपाईं हाम्रो बुबा हुनुहुन्छ। हामी माटोजस्तो छौं र तपाईं कुमालेजस्तो हुनुहुन्छ। तपाईंले हाम्रो सृष्टि गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तापनि हे याहवेह, तपाईं हाम्रा पिता हुनुहुन्छ। हामी माटो हौँ र तपाईं कुमाले हुनुहुन्छ; हामी सबै तपाईंकै हातका काम हौँ।
Nepali ERV (पवित्र बाइबल)
तर परमप्रभु, तपाईं हाम्रो पिता हुनुहुन्छ। हामी हिलो जस्तै छौं अनि तपाईं कुमाले हुनुहुन्छ। तपाईंकै हातले हामीहरूलाई बनाउनु भयो।