Isaiah 65:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “म मेरा प्रजाले मलाई खोजी गरेको चाहन्थें तर तिनीहरूले खोजी गरेनन्। तिनीहरूले मलाई भेट्टाऊन् भनी म तयार थिएँ तर तिनीहरूले भेट्टाउने चेष्टा नै गरेनन्। तरै पनि मेरो पुकारा नगर्ने जातिलाई ‘म यहाँ छु,’ भनी मैले भनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई नसोध्नेहरूलाई मैले स्वयम् प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। म यहाँ छु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले भन्नुहुन्छ, “मलाई सोधखोज नगर्नेहरूकहाँ मैले आफूलाई प्रकट गरेको छु; मलाई खोजी नगर्नेहरूले मलाई भेट्टाएका छन्। मेरो नाम पुकार नगर्ने जातिलाई, मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु।’
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुहुन्छ, “मैले ती मानिसहरूलाई सहयोग गरे जो मसँग सल्लाह गर्न आएनन्। जसले मलाई भेटे उनीहरूले मलाई खोज्न आएनन्। जसले मेरो नामै लिएनन्। त्यो जातिलाई मैले भने, ‘हेर, म यहाँ छु, मलाई हेर।’