Isaiah 65:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर मलाई त्याग्नेहरू, जसले मेरो पवित्र डाँडा सियोनको वास्ता गर्दैनन् र भाग्यका देवताहरू गाद र मेनीलाई पुज्नेछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर याहवेहलाई त्याग्नेहरूका निम्ति, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छन्, जसले गाद देवताको निम्ति टेबुल तयार गर्छन्, र मेनी देवीको निम्ति मिसाएको मद्यको कचौरा भर्छन्;
Nepali ERV (पवित्र बाइबल)
“तर तिमीहरूले परमप्रभुलाई त्याग्यौ, यसैले तिमीहरू दण्डित हुनेछौ। तिमीहरूले मेरो पवित्र पर्वत भुल्यौ। तिमीहरूले भाग्यलाई मान्न थाल्यौ। तिमीहरूले झूटो देवताहरूको भाग्य-देवलाई मान्न थाल्यौ।