Isaiah 65:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण म तिमीहरूलाई भन्दछु कि जसले मलाई पुज्दछन् र मेरा आज्ञा मान्दछन्, तिनीहरूले प्रशस्त खान-पान पाउनेछन् तर तिमीहरूचाहिँ भोका र प्यासा हुनेछौ। तिनीहरू खुसी हुनेछन् तर तिमीहरूको अपमान हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकै बस्नेछौ। मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरूचाहिँ लाजमा पर्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “मेरा सेवकहरूले खानेछन्, तर तिमीहरूचाहिँ भोकै रहनेछौ; मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरूचाहिँ तिर्खाउनेछौ; मेरा सेवकहरू रमाउनेछन्, तर तिमीहरूचाहिँ शर्ममा पर्नेछौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो। “मेरा दासहरूले खानेछन्। तर तिमीहरू दुष्ट मानिसहरू भने भोको हुनेछौ। मेरा दासहरूले पिउनेछन् तर दुष्ट मानिसहरू तिर्खाउनेछन्। मेरा दासहरू खुशी हुनेछन्, तर दुष्ट मानिसहरू लज्जित हुनेछन्।