Isaiah 65:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यस देशमा जसले आशिष् माग्‍दछ, त्‍यसले विश्‍वासयोग्‍य परमेश्‍वरबाट आशिष् पाउनेछ। जसले शपथ खाँदछ, त्‍यसले विश्‍वासयोग्‍य परमेश्‍वरको नाममा शपथ खानेछ। बिगत दिनका दु:खहरू बितिजानेछन् र बिर्सिजानेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले यस देशमा आशिष्‌को आह्वान गर्नेछ, त्‍यसले साँचो परमेश्‍वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्‍वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब देशमा कसैले आशिष्‌को माग गर्छ, त्यसले सत्य परमेश्‍वरको नामद्वारा माग गर्नेछ; जसले देशमा शपथ खान्छ; त्यसले सत्य परमेश्‍वरको नामद्वारा शपथ खानेछ। किनकि बितेका दुःखहरू भुलिनेछन्, र मेरा आँखाबाट लुकाइनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अहिले जो तिमीहरूले पृथ्वीको नाउँमा आशिर्वाद दिइरहेका छन्। तिनीहरूले भविष्यमा पनि परमेश्वर जसमाथि भरोसा गर्न सकिन्छ उहाँको नाउँमा आशिर्वाद दिनेछन्। मानिसहरू जसले पृथ्वीमा कसम खाने गर्छन्, तिनीहरूले सत्यका परमेश्वरद्वारा त्यसो गर्छन्। किन? किनभने विगतका पीडाहरू बिर्सिसकेको हुनेछ। मेरा मानिसहरूले फेरि ती पीडाहरू कहिल्यै सम्झिने छैनन्।