Isaiah 65:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म जे सृजना गर्छु, त्यसमा सधैँ आनन्द गर र रमाओ। मैले सृजना गरेको नयाँ यरूशलेम आनन्दले भरिभराउ हुनेछ र त्यहाँका बासिन्दाहरू खुसी रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मैले सृष्टि गर्ने कुरामा सदासर्वदा आनन्द गर र हर्ष मनाओ। किनकि म यरूशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर म जे सृष्टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु।
Nepali ERV (पवित्र बाइबल)
मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा सर्वदा आनन्दित हुनेछन् किन? किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु।