Isaiah 65:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बच्‍चाहरू सानैमा मर्नेछैनन्‌, सबै मानिसहरूले पूरा आयु पाउनेछन्। सय वर्ष पुग्‍नेहरू जवान ठानिनेछन्। त्‍योभन्दा अघि मर्नुचाहिँ मेरो दण्‍डको चिनो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“थोरै दिनसम्‍म बाँच्‍ने बालक वा आफ्‍नो पूरा उमेरसम्‍म नबाँच्‍ने वृद्ध मानिस त्‍यहाँ कहिल्‍यै हुनेछैन। सय वर्षसम्‍म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्‍म नबाँच्‍नेचाहिँ श्रापित मानिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“थोरै दिनसम्म बाँच्ने बालक, वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन; सय वर्ष बाँच्ने मानिस जवान मानिनेछ; र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँ श्रापित मानिनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय वर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय वर्ष सम्म पनि बाँच्दैन उसलाई श्रापित भएको ठानिन्छ।