Isaiah 65:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले हात हालेका काममा तिनीहरू सफल हुनेछन् र तिनीहरूका छोरा-छोरीहरू विपत्तिमा पर्नेछैनन्। तिनीहरू र तिनीहरूका सन्तानलाई म आउँदा दिनमा सदासर्वदा आशिष् दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्ति बालकहरू जन्माउनेछैनन्। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष् पाएका प्रजा हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्; किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेत याहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
स्त्रीहरू मरेका नानी जन्माउनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। सारा मेरा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्।