Isaiah 65:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ब्‍वाँसाहरू र थुमाहरूले एकसाथ खानेछन्। सिंहहरूले गाई-गोरुहरूले झैँ पराल खानेछन् र सर्पहरूले धुलो खानेछन् र तिनीहरूले केही हानि गर्नेछैनन्। हे सियोन, मेरो पवित्र डाँडामा केही दुष्‍ट वा हानि गर्ने कुरा रहनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ब्‍वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्‍सानी गर्नेछन्, न नष्‍ट गर्नेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्, सिंहले गोरुले झैँ पराल खानेछ; अनि सर्पको आहारा धुलो हुनेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमा न त हानि गर्नेछन्, न त नाश गर्नेछन्,” याहवेह भन्‍नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।