Isaiah 65:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती तिनीहरू गुफाहरूमा र चिहानहरूमा मरेका आत्माहरूसित कुरा गर्न जान्छन्। तिनीहरूले सुँगुरको मासु खान्छन् र अशुद्ध कुराको झोल बनाई पिउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो चिहानहरूमा बस्छन्, र गुप्त ठाउँहरूमा कुरेर रात बिताउँछन्, जसले सुँगुरको मासु खान्छन्, र जसका भाँड़ामा घिनलाग्दा कुराहरूको झोल हुन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो चिहानहरूका बीचमा बस्दछन्, र गुप्त ठाउँमा रात बिताउँछन्; जसले सुँगुरको मासु खान्छन्, र जसका भाँडाहरूमा अशुद्ध मासुका झोल राखिएका हुन्छन्;
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू चिहानहरू माझमा बस्दछन्। तिनीहरू मृत मानिसहरूबाट समाचार पर्खन्छन्। तिनीहरू मुर्दाहरू बीचमा बस्दछन्। तिनीहरू सुंगुरको मासु खान्छन्। तिनीहरूको काँटा र धुपौरोहरू सडेका मासुले गर्दा डरलाग्दो मैला छन्।