Isaiah 65:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि अरू मानिसहरूलाई तिनीहरूले भन्‍छन्, ‘तिमीहरू हाम्रो नजिक नआओ। हामी तिमीहरूभन्दा पवित्र छौं!’ म त्‍यस्‍ता मानिसहरूलाई सहन सक्‍दिनँ। तिनीहरू मेरो लागि दिनभरि बल्‍ने आगो र वाक्‍क पार्ने धुवाँजस्‍ता हुन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले भन्‍छन्, ‘पर जा, मेरो नजिक नआइज, किनकि म तेरो निम्‍ति अति पवित्र छु’। यस्‍ता मानिसहरू त मेरा नाकमा धूवाँ, र दिनभरि बलिरहने आगो हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले भन्छन्, ‘टाढै बस्; मेरो नजिक नआइज; किनकि म तेरो निम्ति अति पवित्र छु!’ यस्ता मानिसहरू मेरो नाकका धुवाँजस्ता हुन्, जुन धुवाँ दिनभरि आगोजस्तै जलिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
“तर ती मानिसहरूले अरूलाई भन्दछन, ‘मेरो नजिक नआऊ! मैले तिमीहरूलाई शुद्ध नपारूञ्जेलसम्म मलाई नछोऊ।’ ती मानिसहरू मेरो नाकको धूवाँ जस्तै छन्, अनि सब समय तिनीहरूको आगो बल्दछ।”