Isaiah 65:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका पापका निम्‍ति र तिनीहरूका पुर्खाका निम्‍ति साटो फेर्नेछु। तिनीहरूले डाँडाका मूर्ति पुज्‍नेहरूका पूजा-स्‍थलहरूमा धूप बालेका छन् र मेरा विरुद्धमा कुरा गरेका छन्। बितेका दिनका तिनीहरूका पाप सुहाउँदो म तिनीहरूलाई दण्‍ड दिनेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु” परमप्रभु भन्‍नुहुन्‍छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँड़ाहरूमा मेरो विरोध गरे। म तिनीहरूका पहिलेका कामको बदला तिनीहरूकै काखमा पूरा भरिदिनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका र तिमीहरूका पितापुर्खाहरूका पापको बदला म लिनेछु,” याहवेह भन्‍नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँडाहरूमा मेरो निन्दा गरे। म तिनीहरूका पहिलेका कामहरूको बदला तिनीहरूकै काखमा हालिदिनेछु।”
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूका पापहरू र तिनीहरूका पिता-पुर्खाहरूका पापहरू बराबरी छन्।” परमप्रभुले यसो भन्नुभयो, “पर्वतहरूमा धूपहरू जलाएर ती पापहरू गरे। तिनीहरूले ती पहाडहरूमा मलाई लज्जित पारे। अनि मैले तिनीहरूलाई प्रथम दण्ड दिएँ। तिनीहरूले पाउनुपर्ने दण्ड मैले दिएँ।”

Recommended Reading