Isaiah 65:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “कसैले राम्रा दाख नष्‍ट गर्दैन तर सट्टामा तिनीहरूले आफ्‍नो लागि दाखमद्य बनाउँछ। म पनि आफ्‍नो सारा प्रजालाई मार्नेछैनँ, मेरो सेवा गर्नेहरू जतिलाई म बचाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु यसो भन्‍नुहुन्‍छ, “जसरी दाखको झुप्‍पामा रस पाएर, मानिसहरूले भन्‍छन्, ‘त्‍यसलाई नबिगार्, किनकि त्‍यसमा अझै राम्रो रस होला,’ त्‍यसरी नै म मेरा सेवकहरूको पक्षमा गर्नेछु, म तिनीहरू सबैलाई नष्‍ट गर्नेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्‍नुहुन्छ: “अङ्‌गुरको झुप्पामा अझ रसिलो अङ्‌गुर छँदै मानिसहरूले भने, ‘त्यसलाई नष्‍ट नगर; किनकि त्यसमा अझ दाखरस असल छ,’ यसरी नै म मेरा सेवकहरूको पक्षमा त्यसै गर्नेछु; म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “जब अङ्गुरका झुप्पाहरूमा दाखरस रहन्छ, मानिसहरूले त्यसबाट निचोरेर दाखरस निकाल्छन्। तर तिनीहरू अङ्गुर नष्ट गर्दैनन्। म आफ्ना सेवकहरूलाई त्यसै नै गर्नेछु। म तिनीहरूलाई पूरै ध्वंश पार्ने छैन।