Isaiah 65:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदाका कुलमा भएका इस्राएलीहरूलाई म आशीर्वाद दिनेछु र तिनीहरूका सन्तानले मेरा पहाडी मुलुक अधिकार गर्नेछन्। मेरा चुनेका प्रजा, जसले मेरो सेवा गर्छ, त्यहाँ बसोबास गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म याकूबबाट सन्तान-दरसन्तान र यहूदाबाट मेरा पर्वतहरूका उत्तराधिकारीहरू उत्पन्न गर्नेछु। मेरा चुनिएकाहरूले त्यसको अधिकार गर्नेछन्, र मेरा दासहरू त्यहाँ बस्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म याकोबका सन्तानहरूलाई ल्याउनेछु, र यहूदाका सन्तानहरूलाई मेरो पर्वतहरूमाथि उत्तराधिकार बनाउनेछु; मेरा छानिएका मानिसहरूले ती पर्वतहरूमाथि अधिकार गर्नेछन्, र मेरा सेवकहरू त्यहाँ बस्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
म याकूबका सन्तानहरूबाट केही वंश राख्नेछु। यहूदाका मानिसहरूले मेरो पर्वत पाउने छौ। मेरो सेवकहरू त्यहाँ बस्नेछन्। म ती मानिसहरू छान्ने छु जो त्यहाँ बस्नेछ।