Isaiah 66:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “म तिमीहरूलाई कहिल्यै नसुक्ने नदीझैँ सुख-शान्ति दिनेछु, अन्यजातिहरूका सम्पत्ति उर्लंदो खोलाझैँ बगेर तिमीहरूकहाँ आउनेछन्। तिमीहरू आमाले हुर्काएको र आफ्ना अँगालोमा बोकी प्रेमसाथ बढाएको एउटा बालकझैँ हुनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु यसो भन्नुहुन्छ, “म शान्तिलाई नदीझैँ र जाति-जातिहरूको सम्पत्ति उर्लंदो खोलाझैँ त्यसतर्फ बढ़ाउनेछु। तिमीहरू दूध चुस्नेछौ र तिमीहरू आँगमा बोकिनेछौ, र घुँड़ामा खेलाइनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्नुहुन्छ: “म नदीझैँ शान्ति र जातिहरूका धन उर्लंदो भेलझैँ त्यसतर्फ फैलाउनेछु; तिमीहरूले दूध पिउनेछौ र हातमा बोकिनेछौ; अनि त्यसको घुँडामा उफ्रनेछौ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुहुन्छ, “हेर, म तिमीहरूलाई शान्ति प्रदान गर्नेछु। यो शान्ति ठूलो नदी सरह बग्नेछ। पृथ्वीमा भएका सारा जातिहरूको धनसम्पत्ति बग्दै तिमीहरूकहाँ आउनेछ। त्यो धन दौलत बाढी जस्तो आउनेछ। तिमीहरू स-सना शिशुहरू जस्तै हुनेछौ। तिमीहरूले त्यो दूध पिउनेछौ, म तिमीहरूलाई उठाउनेछु, आफ्ना पाखुराहरूमा पक्रनेछ, अनि मेरो गोडाहरूमा उफार्नेछ।