Isaiah 66:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्तो भएको देखेर तिमीहरू हर्षित हुनेछौ र घाँसझैँ मौलाउनेछौ। तब तिमीहरूले जान्नेछौ कि म परमप्रभुले मेरा आज्ञा पालन गर्नेहरूलाई मद्दत गर्दछु र मेरा शत्रुहरूलाई आफ्नो क्रोध देखाउँदछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब तिमीहरूले यो देख्नेछौ तब तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ भरिला हुनेछौ। परमप्रभुको हात आफ्ना दासहरूतिर पसारेको तर उहाँको क्रोधचाहिँ उहाँका शत्रुहरूमाथि भएको थाहा गराइनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिमीहरूले यो देख्छौ, तिमीहरूका हृदय रमाउनेछन्, र तिमीहरू घाँसझैँ मौलाउनेछौ; याहवेहको मदतको हात उहाँका सेवकहरूमाथि पसारिनेछ, तर उहाँको क्रोध उहाँका शत्रुहरूमाथि देखाइनेछ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले ती चीजहरू देख्नेछौ जसले तिमीहरूलाई साँचै आनन्दित तुल्याउनेछ। तिमीहरू स्वतन्त्र हुनेछौ र घाँस जस्तो बढ्नेछौ। परमप्रभुका सेवकहरूले उहाँको शक्ति देख्नेछन्, तर उहाँका शत्रुहरूले उहाँको रिस मात्र देख्नेछन्।