Isaiah 66:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारका मानिसहरू, ज-जसलाई उहाँले दोषी पाउनुहुन्छ, तिनीहरू सबैलाई आगो र तरवारले सजायँ दिनुहुनेछ। धेरै जना मारिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आगो र तरवारद्वारा परमप्रभुले सबै मानिसको न्याय गर्नुहुनेछ, र परमप्रभुबाट मारिएकाहरू धेरै हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेहले सबै मानिसहरूमाथि आफ्नो न्याय आगो र तरवारले गर्नुहुनेछ; याहवेहद्वारा मारिने मानिसहरू धेरै हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मानिसहरूको न्याय गर्नुहुनेछ। तब परमप्रभुले मानिसहरूलाई आगो र उहाँको तरवारले नाश गर्नेहुनेछ। परमप्रभुले धेरैलाई नाश गर्नुहुनेछ।