Isaiah 66:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “मूर्तिपूजा गर्नलाई आफू शुद्ध हुने, ताँती लाएर पूजा-स्‍थलतिर जाने र सुँगुर, मुसा र अरू घिनलाग्‍दा भोजन खाने मानिसहरूको अन्‍त नजिक छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“ती, जसले आफूलाई पवित्र र शुद्ध पारेर बगैँचामा सुँगुर र मूसा तथा अन्‍य घिनलाग्‍दा कुरा खानेमध्‍ये कसैलाई पछ्याउँछन्, तिनीहरू सबैको एकैसाथ अन्‍त हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “तिनीहरू जसले सुँगुर, मुसाको मासु र अरू अशुद्ध चीजहरू खानेहरूका बीचमा भएकालाई पछ्याएर बगैँचासम्म जानलाई आफूलाई पवित्र र शुद्ध पार्छन्—तिनीहरूले पछ्याउनेसँगै तिनीहरूको अन्त्य एकैसाथ हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरूले आफ्नो विशेष बगैंचामा पूजा गर्न आफैलाई पवित्र बनाउन आफै धोई पखाली गरें। ती मानिसहरूले तिनीहरूका विशेष बगैंचाहरूमा एकैसाथ अनुसरण गरे। तब तिनीहरूले आफ्ना मूर्तिहरू पूजे। तर, परमप्रभुले ती सारा मानिसहरूलाई नाश गर्नुहुनेछ। “ती मानिसहरूले सुँगुरहरू मूसाहरू र अन्य मैला कुराहरूको मासु खान्छन्। तर, सम्पूर्ण ती मानिसहरू नाश हुनेछन्।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।