Isaiah 66:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सारा विश्‍व मैले नै सृजें। मेरा भय र आज्ञाहरू पालन गर्ने, नम्र र पश्‍चात्तापी मानिससित म खुसी छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यी सबै थोक त मेरै हातले बनाएका होइनन्, र यसरी यी हुन आए?” परमप्रभु भन्‍नुहुन्‍छ। “जो आत्‍मामा दीन र चूर्ण छ, र मेरो वचनमा काम्‍दछ, त्‍यसलाई म आदर गर्दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के मेरै हातले यी सबै थोक बनाएको होइन, र यसरी अस्तित्वमा आए?” याहवेह घोषणा गर्नुहुन्छ। “त्यो मानिस, जसलाई म निगाह गर्छु: जो नम्र र आत्मामा दीन छ; अनि जो मेरो वचनमा आज्ञाकारी छ।
Nepali ERV (पवित्र बाइबल)
म स्वयंले सम्पूर्ण चीजहरू। सबै चीजहरू यहाँ छन् किनभने तिनीहरू सबै मैले बनाएका हुन्।” परमप्रभुले नै ती कुराहरू भन्नुभयो। “मलाई बताऊ, कस्तो मानिसहरूलाई म हेरचाह गरूँ? मैले गरीब मानिसहरूलाई हेरचाह गरें मैले एकदमै दुखी भएका मानिसहरूको हेरचाह गरें, मैले मेरो वचन पालन गर्नेहरूलाई हेरचाह गरें।