Isaiah 66:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिनीहरू बिदा भएर जाँदा मेरो विरुद्धमा विद्रोह गर्नेहरूका लाश तिनीहरूले देख्‍नेछन्। ती लाशलाई खाने किराहरू कहिल्‍यै मर्नेछैनन् र ती लाशलाई जलाउने आगो कहिल्‍यै निभ्‍नेछैन। त्‍यो दृश्‍य सबै मानवजातिको दृष्‍टिमा घिनलाग्‍दो देखापर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अनि तिनीहरूले निस्‍केर मेरो विरुद्धमा बागी हुने मानिसहरूका मृत शरीरलाई हेर्नेछन्‌। तिनीहरूको कीरा मर्नेछैन, तिनीहरूको आगो निभ्‍नेछैन, र तिनीहरू सबै मानिस-जातिका निम्‍ति घृणित हुनेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तब तिनीहरू बाहिर जानेछन् र मेरो विरोध गर्नेहरूका मृत शरीरहरूलाई हेर्नेछन्; तिनीहरूलाई खाने किराहरू मर्नेछैनन्, न त तिनीहरूलाई जलाउने आगो निभ्नेछ; अनि तिनीहरू सबै मानिसहरूका लागि घृणित हुनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
“ती मानिसहरू मेरो पवित्र शहरमा हुनेछन्। अनि यदि तिनीहरू बाहिर गए भने तिनीहरूले मृत शरीरहरू देख्नेछन जसले मेरो विरूद्धमा पाप गरेका थिए। तिनीहरूका शरीरहरूमा कीराहरू लाग्नेछन् र ती कीराहरू कहिल्यै मर्ने छैनन्। आगोले ती शरीरहरू जलाउनेछ र त्यो आगो कहिल्यै निभ्ने छैन।”