Isaiah 66:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरू मन-खुसी गर्छन्। बलि चढाउँदा तिनीहरूले साँढे मारून् कि मानिस मारून्, थुमा बलि गरून् कि कुकुरको घिच्रो भाँचून्, अन्‍न-बलि चढाऊन् कि सुँगुरको रगत, धूप बालून् कि मूर्तिलाई बिन्‍ती गरून्, तिनीहरूका लागि एकनास छ। घिनलाग्‍दा तरिकाले पूजा गर्न तिनीहरू आनन्‍द मान्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर गोरुको बलि गर्नेचाहिँ मान्‍छे मार्नेजस्‍तै हो। थुमा बलिदान चढ़ाउनेचाहिँ कुकुरको घिच्रो भाँच्‍नेजस्‍तै हो। जसले अन्‍नबलि चढ़ाउँछ, त्‍यो सुँगुरको रगत चढ़ाउनेजस्‍तै हो। जसले सम्‍झना स्‍वरूप धूप बाल्‍छ, त्‍यो मूर्तिलाई पूजा गरेजस्‍तै हो। तिनीहरूले आफ्‍नै बाटो चुनेका छन्‌ र तिनीहरूका प्राण आफ्‍नै घिनलाग्‍दा कामहरूमा खुशी हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जसले बहर बलिदान चढाउँछ, त्यो त कुनै मानिस हत्या गर्नेजस्तै हो, र जसले थुमा चढाउँछ; त्यो कुकुरको घिच्रो भाँच्नेजस्तै हो; जसले अन्‍नबलि चढाउँछ, त्यो सुँगुरको रगत चढाउनेजस्तै हो; अनि जसले धूप चढाउँछ, त्यो मूर्तिपूजा गर्ने व्यक्तिजस्तै हो। तिनीहरूले आफ्नै मार्ग रोजेका छन्, र तिनीहरू आफ्ना घृणित कामहरूमा खुशी हुन्छन्;
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरूले बलिदानको नाउँमा साँढेहरू मार्छन्। तर तिनीहरूले मानिसहरूलाई पनि कुटछन्। ती मानिसहरूले बलिदानको नाउँमा थुमाहरू मार्दछन् तर तिनीहरूले कुकुरहरूको घाँटी भाँच्दछन्। ती मानिसहरूले धानहरू पनि अर्पण गर्दछन्। तर तिनीहरूले साथ साथै सुँगुरको रगतहरू चडाउँछन्। ती मानिसहरू धूपहरू जलाउँदछन् तर तिनीहरूले निरर्थक मूर्तिहरू पनि पूज्दछन्। ती मानिसहरू आफूले रोजेका बाटाहरू हिँड्छन् साथै डरलाग्दो मूर्तिहरू पनि मन पराउँछन्।