Isaiah 66:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण जुन कुरासित तिनीहरू डराउँछन्, त्‍यही विपत्तिहरू नै तिनीहरूमाथि ल्‍याउन मैले रोज्‍नेछु किनभने मैले बोलाउँदा तिमीहरू कसैले जवाफ दिएन, म बोल्‍दा कसैले सुनेन। मेरो आज्ञा नमान्‍न र दुष्‍कर्म गर्न नै तिनीहरूले रोजे।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले म पनि तिनीहरूसित कड़ा व्‍यवहार गर्नेछु, र तिनीहरूले डरले मानेका कुरा तिनीहरूमाथि ल्‍याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन। जब म बोलें, कसैले ध्‍यानै दिएन। जे मेरो दृष्‍टिमा खराब थियो, तिनीहरूले त्‍यही गरे, र जुन कुरा मलाई मन पर्दैन, त्‍यही तिनीहरूले चुने।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण म पनि तिनीहरूका निम्ति कठोर व्यवहार रोज्नेछु; अनि तिनीहरूले डर मानेका कुरा नै तिनीहरूमाथि ल्याउनेछु। किनकि मैले बोलाउँदा कसैले जवाफ दिएन, जब म बोलेँ, कसैले सुनेन। तिनीहरूले मेरो नजरमा दुष्‍ट काम गरे, र मलाई मन नपर्ने कुरा रोजे।”
Nepali ERV (पवित्र बाइबल)
यसैले तिनीहरूका आफ्नै छलकपट चलाउन भन्ने निर्णय गरें। मेरो तात्पर्य र मैले तिनीहरूलाई दण्ड दिएँ तिमीहरूले आसाध्य डराउने चीजहरू चलाएँ। मैले ती मानिसहरूलाई बोलाएँ तर तिनीहरूले सुनेनन्। म तिमीहरूसित बोलें तर तिनीहरूले कानमा तेल हाले। यसैले म त्यही कुरा तिनीहरूकालागि गर्नेछु। तिनीहरूले त्यस्ता कामहरू गरे जुन मैले दुष्टपूर्ण काम भनें। तिनीहरूले मैले मन नपराएका कामहरू गरे।”