Isaiah 66:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सुन! सहरबाट आएको होहल्ला, जुन होहल्ला मन्दिरमा हुँदै छ, त्यो परमप्रभुले आफ्ना शत्रुहरूलाई दण्ड दिँदा निस्केको आवाज हो!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरबाट निस्केको त्यो ठूलो हल्ला सुन! मन्दिरबाट निस्केको आवाज सुन। यो आफ्ना शत्रुहरूलाई उचित बदला दिनुहुने परमप्रभुको सोर हो!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सहरबाट निस्केको होहल्ला सुन, मन्दिरबाट निस्केको आवाज सुन! यो आफ्ना शत्रुहरूलाई सुहाउँदो बदला लिनुहुने याहवेहको आवाज हो।
Nepali ERV (पवित्र बाइबल)
सुन! ती शहर र मन्दिरबाट होहल्ला आइरहेछ। त्यो परमप्रभुले शत्रुहरूलाई दण्ड दिनु भइरहेको होहल्ला हो। परमप्रभुले तिनीहरूले पाउनु पर्ने दण्ड नै तिनीहरूलाई दिनु भइरहेछ।