Isaiah 7:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योतामका छोरा उज्जियाहको नाति आहाज यहूदाका राजा छँदा एउटा लडाइँ भयो। अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकहले मिलेर यरूशलेममाथि आक्रमण गरे तर तिनीहरूको जित भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाको राजा हुँदा अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्ध युद्ध गर्न आए, तर तिनीहरूले त्यसलाई जित्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
योतामाको छोरो आहाज थिए। योताम उज्जियहको छोरो थिए। रसीन अरामका राजा थिए। रमल्याहको छोरो पेकह इस्राएलका राजा थिए। आहाज यहूदाका राजा भएको बेलामा, रसीन र पेकह यरूशलेम विरूद्ध लडाइँ लड्न गए। तर तिनीहरू त्यस शहरलाई परास्त गर्न सक्षम भएनन्।