Isaiah 7:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभुले तिमी, तिम्रा प्रजा र सारा राज-परिवारमाथि सङ्कष्टका दिन ल्याउनुहुनेछ। त्यस्ता दिन यहूदाबाट इस्राएलको राज्य छुट्टिएको दिनदेखि आजसम्म आएको छैन। उहाँले अश्शूरका राजालाई देशमाथि आक्रमण गर्न ल्याउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले तिमीमाथि, तिम्रा प्रजामाथि र तिम्रा पिताका परिवारमाथि यस्तो दिन ल्याउनुहुनेछ कि एफ्राइम यहूदादेखि छुट्टिएपछि यसो कहिल्यै आइलागेको थिएन, अर्थात् उहाँले अश्शूरका राजालाई यस देशमा ल्याउनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले तँ र तेरा मानिसहरूमाथि, तेरा पिताका घरानामाथि एफ्राइम यहूदाबाट अलग भएको समयभन्दा बेग्लै समय यस देशमा ल्याउनुहुनेछ; उहाँले अश्शूरका राजालाई ल्याउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर तिमी परमप्रभुसित डराउनु पर्छ। किन? किनभने परमप्रभुले केही संकटको समय तिमीमाथि पार्नुहुनेछ। ती संकटहरू एप्रैम यहूदाबाट छुट्टिएको समयको संकट जस्तै तिम्रा अनि तिम्रा बुबाका मानिसहरूकहाँ आउनेछन्। परमेश्वरले के गर्नु हुनेछ? परमेश्वरले अश्शूरका राजालाई तिमीसित लडाँई गराउन ल्याउनु हुनेछ।