Isaiah 7:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अन्न बालीले भरिने डाँडा-काँडा यति धेरै काँडाले ढाकिनेछन् कि त्यहाँ कोही जान सक्नेछैन। ती गाई-वस्तुहरू र भेडाहरूका चरन बनिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोदालोले खन्ने सबै डाँड़ाहरूमा चाहिँ सिउँड़ी र काँढ़ाको डरले तिमीहरू त्यहाँ फेरि जानेछैनौ, तर ती ठाउँहरू गाई-गोरु चर्ने ठाउँ र भेड़ाहरू कुदिहिँड्ने ठाउँ हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एक पल्ट तिमीहरूले कोदालोले खेती गरेका डाँडाहरूको विषयमा चाहिँ तिमीहरू त्यहाँ सिउँडी र काँडाहरूको डरले जानेछैनौ; ती गाईबस्तु र भेडाहरूका निम्ति चर्ने ठाउँ हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
एउटा समय थियो मानिसहरूले एकपल्ट परिश्रम गर्थे र त्यस पहाडबाट खाद्य उप्जाउँथे। तर त्यसबेला मानिसहरू त्यहाँ जाने छैनन्। त्यो जमीन जङ्गली झारपातहरू र काँढाहरूले ढाकिनेछ खालि गाई-गोरू र भेडाहरू मात्र ती ठाउँमा जानेछन्।”