Isaiah 7:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले यशैयालाई भन्नुभयो, “तेरो छोरो शार्यासूबलाई लिएर आहाज राजालाई भेट्न जा। तैँले बाटोमा धोबीको खेतमा जहाँनिर माथिल्लो पोखरीबाट पानी ल्याउने कुलो टुङ्गिएको छ, त्यहाँ उसलाई भेट्टाउनेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले यशैयालाई भन्नुभयो, “अब तँ आफ्नो छोरो शार्यासूबलाई लिएर धोबीको खेतको बाटोमा गएर माथिल्लो पोखरीको नहरको आखिरी भागमा आहाजसित भेट गर्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले यशैयालाई भन्नुभयो, “तँ र तेरा छोरा शार्यासूब धोबीहरूको खेतमा जाने बाटोमा माथिल्लो पोखरीको कुलोको अन्तिम भागमा आहाजलाई भेट्न निस्केर जा।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले यशैयालाई भन्नुभयो, “तिमी अनि तिम्रो छोरो शार्यासूबलाई आहाजकहाँ गएर कुरा गर्नुपर्छ। त्यस ठाउँमा जाऊ जहाँ माथिल्लो पोखरीमा पानी बग्छ। त्यो स्थान धोबीहरूको खेत जाने बाटोमा पर्छ।