Isaiah 7:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उसलाई होशियार र शान्‍त भई बस्‍नू अनि नडराउनू र विचलित नहुनू भन्। राजा रसीन र त्‍यसका अरामवासीहरूका र राजा पेकहको क्रोध दुई वटा जल्‍न लागेका दाउराबाट उठेका धुवाँ जति पनि खतरनाक छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यसलाई भन्, ‘होशियार होऊ, शान्‍त बस र तिमी नडराऊ। यी दुई धूवाँ उठ्‌ने अगुल्‍टा, रसीन र अरामको भयङ्कर रीस, र रमल्‍याहको छोराको कारण तिम्रो मन पनि कातर नहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई भन्, ‘होशियार बस्, शान्त हो, र नडरा। धुवाँ मात्र आइरहेका दाउराका यी दुई ठुटाहरूका कारण रसीन, अराम र रमल्याहका छोराको डरलाग्दो रिसको कारण हताश नहो।
Nepali ERV (पवित्र बाइबल)
“आहाजलाई भन, ‘होशियार होऊ तर शान्त हौ! नडराऊ। ती दुइ जना मानिसहरूलाई रसीन र रमल्याहको छोरालाई तिमीलाई भयभीत पार्न नदेऊ। ती दुइजना बल्दै गरेको लौरो जस्तै हुन्। अतीतमा तिनीहरू बल्दै गरेको तातो थिए। तर अहिले तिनीहरू धुवाँ मात्र भएका छन्। रामल्याहको छोरा रसीन र अराम क्रोधित भएका छन्।