Isaiah 7:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किन हुनेछैन? किनभने अराम त्यसको राजधानी दमस्कसभन्दा बलियो छैन र दमस्कसचाहिँ राजा रसीनभन्दा बलियो छैन। इस्राएलचाहिँ पैंसट्ठी वर्षभित्र यस्तो किसिमले धुलोपीठो हुनेछ कि त्यो एउटा राष्ट्रको रूपमा बाँच्न सक्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि अरामको शिर दमस्कस हो, र दमस्कसको शिर रसीन मात्रै हो। पैँसट्ठी वर्षभित्रैमा आफ्नो नाउँनिशानै मेटिने गरी एफ्राइम टुक्रा-टुक्रा पारिनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि अरामको शिर दमस्कस हो; अनि दमस्कसको शिर रसीन मात्र हो। पैँसट्ठी वर्षभित्र एफ्राइम एउटा जाति नै नरहने गरी टुटफुट हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
जबसम्म रसीन दमीशकको शासक हुनेछन् यो कुरा हुने नै छैन्। एप्रैम अहिले एउटा राष्ट्र हो तर 65 वर्षपछि यो राष्ट्र रहने छैन्।